जुम्लामा पनेखोलामा महिला बेपत्ता

जुम्ला । जुम्ला गुठीचौर गाउँपालिका २ स्थित पनेलाखोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । आइतबार साँझ खोलामा बगेर गुठीचौर २ की ४६ वर्षीया सरस्वती बुढा बेपत्ता भएकी हुन् ।

बेपत्ता भएकी बुढा घट्ट पिस्न गएकी थिइन् । उनीसँगै २ वटा घट्टसमेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घटनास्थलमा अस्थायी प्रहरी पोस्टबाट हवल्दार टेकेन्द्र खाणको नेतृत्वमा २ जनाको टोली खटिएको छ । खोला बढेकाले उच्च सतर्कता अपनाउन तिला नदी आसपासका बस्तीलाई गुठीचौर गाउँपालिकाले आग्रह गरेको छ ।

You May Also Like