पहिरोमा परी ४ जनाको मृत्यु

ओखलढुंगा । चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा बिहीबार रातिको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ, उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङ, उनीहरुका छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो ।


पहिरोमा बेपत्ता रहेका दिनेश र कृतिकाको शव केहीबेर अघि फेला पारेपछि निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरीका डिएसपी दिपकबहादुर केसीले बताए ।

पहिरोले रणबहादुर र दुई स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको थियो । बलबहादुर र जरसिंहका परिवारका सदस्यहरु भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

You May Also Like