अनेरास्ववियु बैतडीका नेता अरुण महराको भिर बाट लडेर निधन

काठमाडौ २०७७ साल कात्तिक ३० गते आइतबार अनेरास्ववियु जिल्ला कमिटी बैतडीका तत्कालीन (२०६७-०६८ सालका) उपाध्यक्ष, जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका स्वबियु सभापति दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कफलकोट ढाण घर भएका अरुण महराको मृत्यु भएको छ ।

स्थानीय बजार बाट घर जाने क्रममा अन्दाजी ३५ वर्षका महराको घर नजिकैको खुर्रा भिरबाट लडेर मृत्यु भएको हो ।

भीरबाट लडेर गम्भीर घाइते भएका महराको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको स्थानीय तारादत्त भट्टले जानकारी दिनुभयो ।

मृतक महराका एक छोरा र श्रीमती रहेको भट्टले बताउनुभयो ।

You May Also Like