दार्चुलामा सर्पले डस्दा किशोरीको मृत्यु

काठमाडौँ । दार्चुलामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान सर्पले टोकेपछि परिवारले बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको बताइएको छ ।

उनलाई घरको कोठाभित्र सर्पले टोकेको थियो । उनी कक्षा १२ मा अध्यनरत थिइन् ।

You May Also Like