मेरो सोच र रास्वपाको चाहना मिलेपछि पार्टीमा आएँ: अनिलकेशरी शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले आफ्नो सोच र राष्ट्रिय स्तवन्त्र पार्टीको चाहना मिलेपछि पार्टी प्रवेश गरेको बताएका छन्।

बिहीबार पार्टी स्थापना दिवसका अवसरमा विहीबार नयाँ पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा शाहले ३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध भएपछि आफू नेतृत्व विकासको उद्धेश्य लिएर हिँडेको र रास्वपाको पनि त्यही उद्धेश्य रहेकाले पार्टी प्रवेश गरेको बताए।

‘नेतृत्वको विकास कसरी गर्ने हरेक क्षेत्रमा भनेर अगाडि बढ्दा राष्ट्रिय स्वतन्त्र पार्टीसँग धेरै बहस भयो,’ उनले भने, ‘मैले उहाँहरूको सोच र मेरो सोच एकदम मिलेको पाएँ।’

उनले आउने दिनहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको अंग बन्न चाहन्छु, चुनाव लड्न चाहन्छु या पार्टीमा कसरी हुन्छ सहभागी भएर अगाडि बढ्न चाहन्छु भन्नेहरूलाई चाहिँ नेतृत्व केहोरु नेतृत्व कसरी विकास गर्नेरु नेतृत्वको विकासबाट देशमा सकारात्मक प्रभाव कसरी पार्ने होरु भन्ने ’boutमा सिकाइने बताए।

‘हाम्रो पार्टीमा कुनै पनि क्षेत्रमा त्यो क्षेत्रको एकदम अध्ययन गर्ने विशेषज्ञ जो हुनुहुन्छ, उहाँलाई चाहिँ कसरी हुन्छ सुम्पिदिऊँ न त जिम्मेवारी भन्ने हुन्छ,’ उनले भने।

You May Also Like