अर्थमन्त्री शर्मालाई मन्त्रीबाट फिर्ता बोलाउने भन्ने कुरा वाहियात हो : प्रचण्ड

काठमाडौं, ३० जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रीबाट फिर्ता बोलाउने कुरा हल्लामात्रै भएको बताएका छन् ।

सोमबार पत्रकारसंग कुरा गर्ने क्रममा प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रीबाट फिर्ता बोलाउने कुरा प्रति खण्डन गरेका छन् । ‘अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रीबाट फिर्ता बोलाउने भन्ने कुरा वाहियात हो । यो हल्लाको पछि लाग्नुको कुनै तुक छैन्,’ उनले भने ।

यसअघि पार्टीले शर्मालाई अर्थमन्त्रीबाट फिर्ता बोलाउने’bout छलफल गरेको भन्ने समाचार बाहिरिएको थियो ।

You May Also Like