‘माझफाल भिडन्त देखी मन्त्री सम्म’

काठमाडौं । कर्णाली प्रदेशमा मन्त्रिमण्डलले आज (बिहिबार) पुर्णता पाएको छ । नेपाली काग्रेंसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ गरि ४ नयाँ मन्त्रीहरुले आज सपथ लिएका हुन । माओवादीबाट मन्त्री बनेकी उर्मिला बिश्वकर्मा यस अघि भौतिक पुर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री रहेकी थिइन । उनलाई ऊर्जा तथा जलसोत मन्त्रालयको जिम्मेवारी दिइएको छ । डोल्पाबाट समानुपातिक तर्फ प्रदेश सासंद बनेकी उनि कर्णाली प्रदेशको मन्त्रिपरिषदमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकल पात्र हुन् ।

अवसरका रुपमा लिएकी छुः मन्त्री बिश्वकर्मा
आफुले यसलाई अवसरका रुपमा लिएको उनको भनाई छ । जलस्रोतमा धनी प्रदेशका रुपमा चिनिएको कर्णालीका अधिकाशं नागरिकहरु अहिले पनी बत्ति मुनीको अध्यारोमा रहेको कुरा उल्लेख गर्दै नागरिकहरुलाई बिद्युतको पहुँचमा ल्याउने आफ्नो मुख्य योजना रहेको उनले रारा सञ्चारलाइ बताइन । ‘कर्णाली दुर दराज मात्र हैन यहाँ सम्भावना छ, यहि सम्भावनालाई नै अवसरमा परिणत गर्ने मेरो पहिलो योजना छ ।’ उनले भनिन् ‘बिशेषगरि साविकको कर्णाली अञ्चलमा पर्ने जिल्लाहरुको समस्यासंग म परिचित छु, तिनै समस्याहरु समाधानका लागी म मैले सक्ने हरथोक गर्न लागिपर्नेछु ।’

राजनितिक जिवन

२०५१ सालमा माओवादीको विद्यार्थी फाँटबाट राजनीतिमा आएकी उर्मिला समानुपातिकको दलित महिला कोटाबाट प्रदेशसभा सदस्य बनेकी थिइन । २८ वर्ष कम्युनिस्ट आन्दोलन र उत्पीडन विरोधी संघर्षमा सहभागि भएकी थिइन । माओवादीको सशस्त्र द्वन्द्वका बेला पटक–पटक ‘मरेर बाँचेको’ बताउँछिन् उनी । शरीरमा अझै गोलीका छर्रा बोकेर हिँडिरहेको बताउने मन्त्री उर्मिला भन्छिन्, ‘६ महिनाको दूधे बच्चा च्यापेर भूमिगत भएँ । त्यसपछिका दिनमा निकै दर्दनाक संघर्ष गरियो ।’

दुधेबालक च्यापेर जनयुद्धमा

नेताहरुले पार्टीले सरकार बनाउन पाएको अवस्थामा सामाजिक विकासमन्त्री बनाउन आश्वासन दिएका थिए । तर बनायो भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री, त्यो पनि क्याबिनेट समावेशी बनाउनैपर्ने भएपछि । ४४ वर्षअघि रुकुम पश्चिम, आठबिसकोटको स्यालाखदीमा जन्मिएकी उर्मिला विकको विवाह सानै उमेरमा डोल्पाको त्रिपुरासुन्दरीमा भयो । श्रीमान् रामलाल विश्वकर्मा स्थायी शिक्षक थिए । विवाहपछि उनी जुफालको आदर्श माविमा पढ्न थालिन् ।

शिक्षण पेशा छाडेर माओवादीमा लागेकी सत्या पहाडी २०५१ सालमा जुफाल आइपुगिन् । आदर्श माविमा उर्मिला नै संयोजक रहेको १३ सदस्यी विद्यार्थी संगठन बन्यो । क्रान्तिकारी विद्यार्थी संगठनको संयोजक बनेपछि उनले माओवादी को हुन् भनेर सोधखोज गर्न थालिन् । ‘उनीहरु धनी र गरीबबीचको खाडल पुर्न लडिरहेको थाहा पाएँ,’ उनी भन्छिन् ।

अब संगठनमा उनको सक्रियता बढ्न थाल्यो । विद्यालयमा राजनीतिक–सांस्कृतिक कार्यक्रमहरु हुन थाले । ०५४ मा उनका श्रीमान् रामलाल विश्वकर्मा जागिर छाडेर भूमिगत भए ।‘त्यसपछि प्रहरीले कहिले राति २ बजे उठाएर केरकार गर्ने, कहिले माओवादी पालेको भन्दै हिरासतमा राख्ने, यातना दिने, तारिख बोकाउने गर्न थाल्यो’, उनी भन्छिन्, ‘छोरा ६ महिनाको मात्र थियो । सरकारको दमन असह्य भएपछि आफू पनि भूमिगत भएँ ।’

उर्मिलालाई पार्टीले २०५६ मा सदस्यता दियो । पार्टीले ०५७ असोज ६ गते डोल्पा जिल्ला सदरमुकामा दुनै बजार कब्जा ग¥यो । माओवादीले सदरमुकाम कब्जा गरेको त्यो नै पहिलो घटना थियो ।

‘आँधीहुरीले भरिएका दिन थिए ती । आज एउटा गाउँमा बास हुन्थ्यो, भोलि अर्को गाउँमा । कैयौं रात ओडारमा बिते । भोकभोकै थुप्रै पहाड छिचोल्यौं,’ उर्मिला भन्छिन्, ‘त्यो बेला एउटा छुट्टै जोश, जाँगर र सपना थियो । डोल्पापछि जाजरकोट उपव्यूरोमा पार्टीको काम गर्न थालेँ ।’

त्यतिबेला जाजरकोट, डोल्पा र रुकुम जिल्ला उपव्यूरोमा गनिन्थ्यो । जिल्लाभरका मानिसलाई माओवादी आन्दोलनको उद्देश्य बुझाउँदै सदस्य बनाउने जिम्मेवारी थियो उनको । उनी माओवादीको अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० डोल्पा जिल्ला सदस्य, सचिव हुँदै अध्यक्ष बनिन् ।

माझफाल भिडन्त के हो?

डोल्पाको माझफालमा ‘नयाँ छलाङ्ग’ नामक अभियान चलेको थियो । गाउँ–गाउँ गएर जनतालाई प्रशिक्षण ‘जनयुद्ध’bout बुझाउने, सांस्कृतिक कार्यक्रम गर्ने’ दिन पर्थ्यो । ६ भदौ २०५८ को साँझ उर्मिलाको समूह साँस्कृतिक कार्यक्रम गर्न दुनैबाट माझफाल गयो । ‘कार्यक्रम स्थलमा हाम्रो सेनाले पहरा दिइरहको थियो, तर भदौरे झरी र बाक्लो कुहिरोमा केही देखिएनछ’, संघर्षका दिन सम्झिँदै उनी भन्छिन्, ‘शाही सेनाले सी आकारमा हामीलाई घेरिसकेको पत्तै भएन । उनीहरुले अकस्मात गोली चलाएपछि भागाभाग भयो ।’

उर्मिला पनि अन्दाधुन्द भागिन् । उकालो भाग्दै गर्दा अलि माथि पुगेपछि पछाडीबाट परर गोली चल्यो । उनको पछिपछि आइरहेकी साथी ढलिन् । उनको पनि बायाँ खुट्टाको माथिल्लो भागमा गोली लाग्यो । भाग्दै ओडारमा पुगेर ढलिन् । ‘पछि साथीहरुले भेट्दा मेरो धेरै रगत बगिसकेको थियो, तैपनि उपचार गरेर बचाए’ उनले सुनाइन् । माझफालमा ८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाए । उर्मिलासहित ४ जना घाइते भए भने ५ जना पक्राउ परे ।

रारा सञ्चारले नवनियुक्त मन्त्री बिश्वकर्मासंग गरेको कुराकानी आधारित

You May Also Like