साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, नेपाल र कुवेत भिड्ने

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको १४औँ संस्करण आजबाट सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज हुने उद्घाटन खेलमा नेपालले बलियो टोली कुवेतको सामना गर्नेछ ।

खेल भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ ।


नेपाल कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न योजनामा रहेको छ । तर, बलियो टोली कुवेतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।

साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागित रहेको छ । नेपाल रहेको समूह ए मा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् भने समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

८ टोलीमध्ये कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्नेछन् ।

नेपालले दोस्रो खेलमा असार ९ गते आयोजक भारतसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

You May Also Like