घरेलु मैदानमा रियल म्याड्रिडको कठिन जित

काठमाडौँ । घरेलु मैदानमा रियल म्याड्रिडले कठिन जित निकालेको छ।

स्पेनिस ला लिगाको जारी खेलमा रियलले गेटाफेमाथि १–० को झिनो जित निकालेको हो। सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।

घरेलु टोली रियल माथी चर्को दबाबमा राखे पनि गेटाफेले कुनै गोल गर्न सकेन। रियललाई गोलरहित अवस्थामा राख्ने रणनीति अनुसारअ अघि बढेको गेटाफेले पहिलो हाफमा कुनै गोल गर्न दिएन।

तर, दोस्रो हाफमा मार्को एसेन्सियोले गोल गरे पछि रियलले १–० को अग्रता लिन सफल भयो। दुवैतर्फवाट कुनै गोल हुन नसके पछि लुकास भास्क्वेजको पासमा एसेन्सियोले गरेको गोल नै निर्णायक बन्न पुग्यो। र, खेल १–० मा टुंगियो।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलले ३४ खेलबाट ७१ अंक जम्मा गरेको छ भने पराजित गेटाफे ३४ अंक जोडेर १८औं स्थानमा सीमित छ।

You May Also Like