१ करोड पर्यटकले घुमे हङकङ

एजेन्सी । यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटकले हङकङ भ्रमण गरेका छन् । शुक्रबार जारी हङकङ पर्यटन बोर्ड (एचकेटीबी) को नयाँ तथ्यांकअनुसार कोरोना महामारी सुरु भएपछि यो संख्या सबैभन्दा धेरै हो ।

सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको संकेत गरेको एचकेटीबीले जनाएको छ ।

एचकेटीबीको तथ्यांकअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने आगन्तुकहरूको संख्या महामारीपूर्वको स्तरको ६० प्रतिशतभन्दा बढी पुगेको छ । चीनबाट हङकङ प्रवेश गर्न अधिक पर्यटकहरूले उच्च गतिको रेल लिंकको प्रयोग गर्ने गरेका छन् ।

पर्यटकमध्ये २० प्रतिशत रेलमार्फत पुगेको बताइएको छ ।

एचकेटीबीले विश्वभरका आगन्तुक पर्यटकलाई आकर्षित गर्न वर्षको उत्तरार्धमा सात प्रमुख कार्यक्रमहरू सुरु गर्ने जनाएको छ । जसमा चार वर्षको अन्तरालपछि जुन २४ देखि २५ सम्म हङकङ अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ को आयोजना पनि समावेश छ ।

You May Also Like