रूसी तेल भण्डारहरूमा युक्रेनको आक्रमण

एजेन्सी । युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकोे छ ।

रूसको राष्ट्रपति कार्यालयमा ड्रोन आक्रमणको प्रयास भएको आरोप रुसले लगाइरहेको समयमा युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेको हो । युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन-क्षेप्यास्त्र लगायतबाट आक्रमण गरेको हो । 

रुसका तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुश्लो आएको देखिएको छ। १ हजार वर्ग मिटरसम्म आगोको लप्का देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले रुले राजधानी कीभ लगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको हत्या गरेको बदला लिन तेल स्टोरहरुमा आक्रमण गरिएको बताएका छन् । उनले ४० हजार टन तेल भरिएका १० वटा ठूला ट्यांकर ध्वस्त बनाएको दावी पनि गरेका छन् ।

युक्रेनी आक्रमण रुस नियन्त्रित क्राइमिया, ओडेसा र त्यस आसपासको क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ । उता, रुसले कृष्णसागर नजिकको बन्दरगाहमा पनि युक्रेनले हमलाको प्रयास गरेको र युक्रेनी क्षेप्यास्त्र असफल बनाएको दावी गरेको छ ।

You May Also Like