शान्ति प्रक्रिया टुंग्याउने विषयमा चीनको चासो

काठमाडौं । शान्ति प्रक्रियाको बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले यस्तो बताए ।

उनले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता भ्रमणका क्रममा गरेको बताए । पूर्वसभामुख सापकोटाले चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको कुरा उल्लेख गरे । उनले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए । भेटमा चीन सरकारको तर्फबाट विभिन्न प्रतिनिधिहरुले नेपालका समस्या खुला रुपमा राख्नसके सहयोग गर्न सहज हुने प्रतिक्रिया दिएको बताइएको छ ।

You May Also Like