एमालेको भागमा १५ मन्त्री, योगेशदेखि जीवनरामसम्मको नाम !

काठमाडौं । प्रतिनिधि सभामा कम्युनिष्ट गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता सुरु भएको छ ।  

नेकपा माओवादी केन्द्रसहितको कम्युनिष्ट गठबन्धनले सफलता पाएसंगै सरकारका लागि मन्त्रालयमा उत्तिकै सक्रियता छाएको हो । प्रधानमन्त्रीमा केपी ओली करिव निश्चित भए पनि उनले कसकसलाई मन्त्रालयको जिम्मा देलान् त भन्ने चासो पनि बढेको छ ।  

संविधान अनुसार नयाँ बन्ने केन्द्रीय सरकारमा मन्त्री परिषद जम्मा २५ जनाको हुनेछ । माओवादीसहितको सहभागितामा सरकारले पुर्णता पाउने र एमालेको भागमा १५ जना पर्ने भएपछि त्यसै अनुसार लिष्ट बनिरहेको स्रोतले जनाएको छ । 

ओलीले यसअघिनै आउँदो सरकारमा क्षमतावान र अनुभवीलाई प्राथमिकता दिने बताइसके पनि लिष्ट भने धेरै जनाको बनेको बताइन्छ । उपाध्यक्ष बामदेव गौतमबाहेक आकांक्षी र केन्द्रीय पदाधिकारीहरु सबैले चुनाव जितेकाले पनि लहरो तान्दा पहरो थर्कने सम्भावना बढेको छ । 

एक स्रोतका अनुसार योगेश भट्टराई, घनश्याम भुसाल, लालबावु पण्डित, रविन्द्र अधिकारी, रघुवीर महासेठ, छविलाल विश्कर्मा, पद्मा अर्याल, रामवीर मानन्धर लगायतको नाम अग्रपंतिमा समेटिएको बुझिएको छ ।

अर्को स्रोत भने विष्णु पौडेलदेखि प्रदीप ज्ञवालीसम्मको नाम रहेको बताउँछ । त्यसैगरी ओलीका खास महेश बस्नेतले कुनै पनि हालतमा मन्त्रालय पाउने स्रोत बताउँछ ।  योगेश भट्टरार्इ मिडिया फ्रेन्डली भएकाले सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिन सकिने अवस्था रहेको स्रोत बताउँछ । 

त्यसैगरी ओलीले खेलकुदलाई विशेष महत्व दिने भएकाले यो मन्त्रालय पनि आफूसंगै राख्ने स्रोत बताउँछ । खेलकुद क्षेत्रका अनुभवी जीवनराम श्रेष्ठ भएकाले उनले यो मन्त्रालय सम्हाल्ने सम्भावना छ । श्रेष्ठ भने पायो भने सक्षमपूर्वक मन्त्रालय सम्हाल्ने बताउँछन् । तर उनले आफू अहिले घरदैलोमै व्यस्त रहेको बताउँछन् । 

ओलीका विश्वास पात्रको रुपमा चिनिएका रामवीर मानन्धर पनि सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनेमा उत्साही देखिएका छन् । बामदेवले चुनाव हारे पनि आफ्ना केहीलाई मन्त्रिपरिषदमा छिराउन लबिङ गरिरहेको स्रोत बताउँछ । 

बालकोट स्रोत भन्छ ‘माननीयज्यूहरु धाउने क्रम जारी छ, माथिबाट पनि फोन आएका छन् ।’ माथिका फोन भन्नाले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको भएको बुझिन्छ । 

यि पनी समाचार: 

कुन प्रदेशमा कसको सरकार बन्दै छ ? कहाँ कसको बहुमत ? (सुचिसहित)
यी हुन अब केन्द्रमा रहने १५ मन्त्रालय , प्रदेशमा पनि मन्त्रालयको नाम फरक-फरक (सूचीसहित)
अनागरिक रबि लामिछाने र अराजक अन्धभक्तहरु
अष्ट्रेलिया कसरी जाने ? कस्ता विद्यार्थी जान पाउँछन् अष्ट्रेलिया ? यस्तो छ प्रक्रिया !

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like