भारतीय संसद्को नक्सा’bout कुरा गर्न नसक्ने हो भने प्रधानमन्त्री किन भारत भ्रमणमा जाने?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय संसद्‌मा राखिएको नक्साका ’boutमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कुरा गर्नुपर्ने बताएका छन्। उनले भारतलाई गल्ती सच्याउन भन्नुपर्ने बताए।


‘प्रधानमन्त्री भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ। त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने? मंगलबार ‘महिला अधिकार कार्यान्वयन’ अवसर र चुनौती विषयक राष्ट्रिय भेला तथा प्रशिक्षणु कार्यक्रममा सम्बोधन गर्दै उनले भने।

भारतले हालै उद्घाटन गरिएको संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तु लगायतका ठाउँ पनि अंकित गरिएको नक्सा राखिएको छ। जसको नेपालमा आलोचना भइरहेको छ। ओलीले पनि त्यसलाई अनुचित भने। नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद् जस्तो ठाउँमा भारत जस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले गर्ने व्यवहारलाई उचित भन्न नसकिने ओलीको भनाइ छ।

‘भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुँदेर संसद्ले राख्यो भनेपछि योभन्दा, सानो छिमेकीलाई, मैले देखेको छैन, सुनेको छु, भारत सरकारले होइन भन्यो, खण्डन गर्योा भने अथवा त्यो हटायो भने, गल्ती महसुस गर्योय भने त्यो आफ्नो ठाउँमा छु’ ओलीले भने।

You May Also Like