प्रतिपक्षी दलको बहिष्कार, विनियोजन विधेयक बहुमतले पारित


काठमाडौं, २ असार ।

संसदले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल एमालेको संसद बहिष्कारका बीच विनियोजन विधेयक २०७९ पारित भएको हो ।

प्रतिनिधिसभा बैठकमा बिहीबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नी प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए । सो क्रममा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट पेस गरेका थिए । गत १७ जेठदेखि निरन्तर मन्त्रालयगत एजेण्डामाथि छलफल भएको थियो ।

 

You May Also Like