पर्यटकका रुपमा विदेश घुम्न जाने नेपालीलाई ५ प्रतिशत कर

काठमाडौं । विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने भएको छ। सोमबार आएको आर्थिक वर्ष २०८०-८१ को बजेटमा उक्त व्यवस्था राखिएको छ।

‘विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाई असुल गरिनेछ,’ बजेट वक्तव्यमा छ।

उक्त शुल्क वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत र फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखांकनका बखत असुल गर्नुपर्ने प्रबन्ध गरिएको छ।

You May Also Like