सर्पले डस्दा दुई बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौलीमा विषालु सर्पले डस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ ।

गएराति दुधौली नगरपालिका– १ कुर्थौली बस्ने गणेश पहाडीको घरमा सुतेका दुई बालक १३ वर्षीय ग्रिष पहाडी र ३ वर्षीय ग्रिम पहाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विषालु सर्पले डसेपछि तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर लगिएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो ।

You May Also Like