च्याम्पियन्स लिग सम्भावना बलियो बनाउँदै न्युक्यासल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको बिहीबार राति खेलिएको खेलमा न्युक्यासल युनाइटेडले महत्वपूर्ण जित हासिल गरेको छ । न्युक्यासलले घरेलु मैदानमा ब्राइटनलाई ४—१ गोलले हराएको हो ।

उक्त जितसँगै न्युक्यासलले आगामी सिजनको च्याम्पियन्स लिगमा सिधै छनोट हुने सम्भावना पनि बलियो बनाएको छ । न्युक्यासल हाल ३६ खेलबाट ६९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

प्रिमियर लिगबाट तालिकाको माथिल्लो ४ स्थानमा रहने टोली आगामी सिजनको च्याम्पियन्स लिगमा सिधै छनोट हुने प्रावधान छ । हालसम्म ‘लिग लिडर’ म्यानचेस्टर सिटी ९८५ अंक० र दोस्रो स्थानमा आसिन आर्सनल ९८१ अंक० तालिकामा निकै अगाडि छन् ।

यी २ टोलीबाहेक न्युक्यासल ९६९ अंक०, चौथो स्थानमा आसिन च्यानचेस्टर युनाइटेड ९६६ अंक०, पाँचौं स्थानमा आसिन लिभरपुल ९६५ अंक० र छैटौं स्थानमा रहेको ब्राइटन ९५८ अंक० च्याम्पियन्स लिगमा स्थान बनाउने होडमा छन् ।

ब्राइटनविरुद्घको खेलमा न्युक्यासलले आत्मघाति गोलबाट अग्रता लिएको थियो । खेल सुरु भएको २२औं मिनेटमा ब्राइटनका खेलाडी डेनिज उन्डवबाट आत्मघाति गोल भएको थियो । पहिलो हाफको इन्जुरी समयमा डन बर्नले गोल गर्दै पहिलो हाफमै न्युक्यासललाई २—० को अग्रता दिलाएका थिए ।

निर्धारित समयको ५१औं मिनेटमा डेनिजले जवाफी गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ८९औं मिनेटमा कलुम विल्सनले न्युक्यासलका लागि तेस्रो गोल थपेका थिए । दोस्रो हाफको इन्जुरी समयमा न्युक्यासलका लागि ब्रुनो गुल्मरेजले चौथो गोल गरेका थिए ।

‘हामी च्याम्पियन्स लिग यात्राको नजिक पुगेका छौं तर, अझै पनि लक्ष्य निकै कठिन छ,’ न्युक्यासलका प्रशिक्षक एडी होवेले भनेका छन्, ‘हाम्रा लागि यो महत्वपूर्ण अवसर हो र यो अवसरलाई हामीले कुनै पनि हालतमा गुमाउनु हुँदैन ।’

You May Also Like