कर्णालीमा लागुऔषधका कारोबारी धमाधम पक्राउ

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । प्रहरीले लागुऔषध कारोबारीलाई कर्णालीमा धमाधम पक्राउ गरेसँगै गाउँगाउँमा न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरेको हो । कर्णालीका विभिन्न जिल्लामा अशिक्षा, गरिबी, आधारभूत सचेतनाको कमीले दिन प्रतिदिन सामाजिक अपराध बढ्दै गएकाले सचेतना कार्यक्रम गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अपराध हुनै नदिने उद्देश्यले प्रहरीले सचेतना कार्यक्रम गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले राष्ट्रिय युवा परिषद् प्रदेश युवा क्लब सञ्जालको सहकार्यमा वीरेन्द्रनगर नगरपालिका १ मा लागुऔषध दुर्व्यसनी तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले मुसीकोट नगरपालिका ४ मा रहेको सिस्ने एकेडेमी स्कुलमा लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी अन्तरक्रिया गरेको छ । लागुऔषध तथा कुलतमा प्रायः किशोरकिशोरी तथा विद्यार्थी लागेका हुनाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरेर उक्त कार्यक्रम प्रहरीले गरेको हो । कार्यक्रममा शिक्षक, शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थी सहभागी गराइएको थियो ।

सचेतना कार्यक्रम समाजमा विद्यमान यस्ता घटना रोकथाम तथा न्यूनीकरणका लागि सामाजका सबै नागरिक सचेत र जिम्मेवारी हुनुपर्ने कार्यक्रममा मुख्य रूपमा उठाइएको थियो । यस्तै बाल विवाह र लागु औषध प्रयोग बढ्दै गएको छ । उनीहरूलाई लक्षित गरेर प्रहरीले विद्यालयमा कार्यक्रम समेत गरिरहेको छ । पछिल्लो समय पहाडका जिल्लामा बाल विवाह र लागु औषध प्रयोग बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागुऔषध दुव्र्यसनी, ओसारपोसार उच्च जोखिमयुक्त जिल्लाका रूपमा रहेको छ । चालु आर्थिक वर्षमा २०७९/८० को चैत मसान्तसम्ममा कर्णाली प्रदेशभर ८२ वटा मुद्दा दर्ता भएका छन्, जसमा १ सय ४३ जना पक्राउ परेका छन् ।

यस्तै चालु आवमा २०७९/८० को चैत मसान्तसम्ममा घरेलु हिंसा ५ सय १४ दर्ता भएका छन् । चालु आव २०७९र८० को चैत मसान्तसम्म कर्णाली प्रदेश प्रहरीले २ हजार १ सय ७५ वटा कार्यक्रम गरी करिब ९० हजार ९ सय ५३ जनाको सहभागिता रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) माधवप्रसाद श्रेष्ठले जानकारी दिए । कर्णालीमा पछिल्ला वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । (प्रदेश रैबार साप्ताहिकमा समाचार प्रकाशित छ ।

You May Also Like