प्रधानमन्त्री देउवाको वडामै काँग्रेस उम्मेदवार पराजित


डडेलधुरा, ३१ वैशाख ।

प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै काँग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेस ९बीपी०का नरेश भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले यही वडामा पुगेर मतदान गरेका थिए । डडेलधुरामा पुर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले देउवासँग असन्तुष्टि जनाउँदै नेकपा एमालेसँग तालमेल गरेर कांग्रेस बीपीको चुनाव चिन्हमार्फत् उम्मेदवारी दिएको छ ।

You May Also Like