टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धान’bout छलफल गर्न ओली सिंहदरबार पुगेका थिए ।

यसअघि रायमाझी भागेर कतै गइहाल्ने मान्छे नभएको बताउने ओलीले शनिबार भने रायमाझी सम्पर्कमा नभएको स्वीकार गरे । उनले भनेका थिए, ‘अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’ भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्था’bout आफू अनभिज्ञ रहेको बताए । उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’ अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिए ।

प्रधानमन्त्रीसँग ओलीले गरे टोपबहादुर’bout छलफल, षड्यन्त्र भएको ओलीको आशंका!
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो । गत बिहीबार पनि दुई नेताबीच यसै विषयमा छलफल भएको थियो । भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे नसहने चेतावनी दिएका थिए ।

४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो ?’ भन्दै प्रश्न समेत गरेका थिए । ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिएका थिए ।

You May Also Like