कानून, न्याय तथा मानव अधिकार समितिको सभापतिमा देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापति बनेका छन् । आज देखी सुरु भएको प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये कांग्रेस सभापति देउवाले कानून समितिको अध्यक्षता गरेका हुन ।

उनले जेष्ठ सदस्यको नाताले सो समितिको सभापतित्व ग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी राजनीतिक दलका अध्यक्ष मध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने राज्य व्यवस्था समितिको बैठकको सभापतित्व ग्रहण गरेका छन् ।

You May Also Like