रविलाई प्रधानमन्त्रिको कटाक्षः ‘ठुल्ठूला गफ हाँक्नेका असलियत देखिरहेका छौं’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले ठुल्ठूला गफ हाँक्नेका असलियत देखिरहेको बताएका छन् । तनहुँमा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गृहमन्त्रीको भाषण र काममा के फरक थियो भन्नेतर्फ संकेत गर्दै भने, ‘भ्रष्टाचार र बेथिति रोक्नका लागि केही कठोर कदम चालिएको छ । हिजोको मात्रै क्याबिनेटको निर्णय हेर्नुहोला, कुरो गहिरो छ । ठुल्ठूला गफ हाँक्नेहरूको असलियत के हो भन्ने कुरा हामीले देखिराख्या छौं ।’

यो पनीः कांग्रेसमा किचलो, अन्यौलमा मन्त्रीको सपथ

मंगलबारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले जारी गरेको नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि, २०७९ खारेज गरेको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले गत पुस १३ गते अर्थ मन्त्रालय र कानुन मन्त्रालयलाई समेत जानकारी नदिई राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिन कार्यविधि जारी गर्ने निर्णय खारेज गरेको थियो ।

प्रधानमन्त्री दाहालले सरकारबाट सुशासन र प्रशासनमा सुधारका लागि गम्भीर कदम चालिएको बताए । उनले संविधानको हुर्मत लिने र गणतन्त्रमा प्रहार गर्नेहरूका विरुद्ध गठबन्धन बनेको बताए । उनले नयाँ ढंगले कामको सुरुआत गरिएको बताउँदै भने, ‘कहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ बडो डरलाग्दो तर त्यो खहरे सुक्नेवाला छ । नदी आफ्नो गतिमा महासागरतर्फ लम्किइरहन्छ ।’

प्रधानमन्त्री दाहालले १० वर्षदेखि स्कुलमा पाठ्यपुस्तक नपुग्ने अवस्था अन्त्य गर्न आफ्नै पहलमा शैक्षिक सत्र सुरु हुनु पहिल्यै पुस्तक पुर्‍याएको बताए । उनले नयाँ बजेटमार्फत सरकार सुशासन र समृद्धिको नयाँ यात्रा गर्ने गरी प्रस्तुत हुने बताए ।

You May Also Like