कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशनमा बसेका छन् ।

बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन सुरु गरेका हुन् । उनले विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राखेका छन् । सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने माग उल्लेख गरेका छन् ।

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उदघाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो । यो पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो ।

You May Also Like