कर्णालीमा ११ सय कर्मचारीको अभाव

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल गरेका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शर्माले नीति तथा कार्यक्रमका ’boutमा छलफल गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले जेठ १ र २ गते स्थानीय तहसँग पनि छलफल हुने जनाकारी दिए । शर्माले भने, ‘तीन तहका सरकारबीचको सहकार्य समन्वयको कुरालाई प्राथमिकताका साथ लैजानुपर्छ । धेरै कुराहरु ऐन कानुनले पनि प्रभाव पारिरहेका छन् ।’ उनले कर्णाली अनुकूल कानुन नभएको बताउँदै योजना छनोटमा समस्या भएको बताए ।

कर्णालीमा ११ सय कर्मचारीको अभाव रहेको बताउँदै मुख्यमन्त्री शर्माले यहाँ पनि आर्थिक संकटको प्रभाव पारिरहेको जानकारी दिए ।

उनले भने, ‘यी समस्याका बाबजुत पनि हामी काम गर्ने भनिरहेका छौं। सबै किसिमबाट प्रभावकारिताका साथ काम हुनुपर्ने हो तर सोही कारण हुन सकिरहेको छैन।’

You May Also Like