सुर्खेतका बादी बालबालिकालाई सहयोग

सुर्खेत । वीरेन्द्रनगर –८, खजुरामा रहेको बादी सरोकार मञ्चमा आश्रित ११० जना बालबालिकाका लागि शनिबार एमआरआर सुर्खेतको समन्वयमा खाद्यान्न लगायतको सामग्री प्रदान गरिएको छ ।

चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) को अष्ट्रेलियामा रहेका यूवाहरुले साढे ३ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

बादी आवासगृहमा आश्रित बालबालिकाले विभिन्न आभाव झेलिरहेको थाहा पाएपछि एमआरआरका अष्ट्रेलियामा रहेका सदस्यहरुले अभियान नै चलाएर सहयोग रकम संकलन गरेको एमआरआर सुर्खेत संयोजक सागर लम्सालले जानकारी दिए ।

‘बादी आवासगृहमा रहेका बालबालिकाहरु थुप्रै अभावमा बाँचिरहेको थाहा पाएपछि एमआरआरका अष्ट्रेलियामा रहेका साथीहरुले पैसा संकलन गरेर पठाउनु भएको थियो,’ संयोजक लम्सालले भने, ‘हामीले यहाँ समन्वय गरेर खाद्यान्न लगायत आवश्यक सामग्री किनेर दिएका छौं ।’

लम्सालका अनुसार आवसगृहमा ५० बोरा चामल, चार बोरा दाल, चार वटा ग्यास सिलिन्डर, ग्यास चुलो दुई थान, एक बोरा चिनी, चार कार्टुन तेल, सुजी र चिउरा पाँचरपाँच प्याक, एक बोरा नुन र खुर्सानी दिइएको छ ।

यस्तै दुई थान पानि शुद्धीकरण फिल्टर, दुई थान माइक स्पिकर, पाँच लिटर हार्पिक, पाँच लिटर फिनेल, १४४ थान स्यानेटरी प्याड, बाध्यवादनका साधन र दुई थान प्राथामिक स्वास्थ्य सामग्री बक्स लगायतका सामग्री वितरण गएिको हो ।

You May Also Like