जसपाको विधान अधिवेशनमा ७७८ जना प्रतिनिधि हुने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ। प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो।

२ वा २ भन्दा बढी प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको सङ्ख्या तोकिएको छ। मातहत समिति र संगठनहरुलाई जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाले शुक्रबार परिपत्र जारी गरेको छ।

अधिवेशनमा प्रतिनिधित्व गर्ने सङ्ख्या निम्नानुसार तय भएको छ:

केन्द्रीय समिति ४२३ जना, ७ प्रदेश समितिबाट ४९ जना, १० वटा राष्ट्रिय समितिबाट ५० जना, ३ वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १३५ जना, ५ वटा महानगरपालिकाबाट ५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

You May Also Like