आरजु देउवा र मञ्जु खाँणविरुद्ध पक्राउ पुर्जी किन जारी भएन?

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणविरुद्ध पक्राउ पूर्जी हुन नसकेको हो रु भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ ।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न उठाउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मान हानी गर्न नहुने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने ’boutमा ज्ञान राख्न आवश्यक रहेको बताउनु भयो । नक्कली भूटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी गर्नुभयो ।

उहाँले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग गर्नुभयो ।

You May Also Like