बाबुरामले भने: ‘सडकबाट खबरदारी गरे मात्रै लोकतन्त्र बलियो हुन्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई पनि भ्रष्टचारविद्धको प्रदर्शनमा सहभागी भएका छन्।

शनिबार देशका विभिन्न भागमा त्यस किसिमको प्रदर्शन भइरहेका छन्। भट्टराई भने काठमाडौंको नारायणचौरमा आयोजित प्रदर्शनमा पुगेका हुन्।

देशव्यापीरूपमा उठेको भ्रष्टाचारविरूद्ध नागरिक अभियानमा काठमाडौंको नारायणचौरमा सहभागी भएर पूर्ण ऐक्यबद्धता व्यक्त गरेको उनले बताएका छन्।

‘लोकतन्त्रमा सचेत नागरिकहरूले निरन्तर सडकबाट खबरदारी गरेर सदन र सरकारलाई दबाब दिनसके मात्र लोकतन्त्र बलियो हुन्छ र जनताले सुशासन र समृद्धि हासिल गर्नसक्छन्१ अभियान जारी रहोस्’ भट्टराईले ट्विटरमा लेखेका छन्।

You May Also Like