दार्चुलामा बेवारिसे शव फेला

दार्चुला । दार्चुलामा बेवारिसे पुरुषको शव फेला परेको छ । महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीमा एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नामथर नखुलेको अन्दाजी ३० र ३५ वर्षको पुरुषको शव महाकाली नदिको बिचमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटेको प्रहरी टोलीले शव महाकाली नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको शव गृहमा राखिएको छ । शव शनिवार बिहान भेटिएको हो ।

You May Also Like