टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि मनाइयो १५औँ गणतन्त्र दिवस


काठमाडौं, १५ जेठ ।

१५औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। आइतबार नेपाली सेनाले विशेष कार्यक्रम गर्दै गणतन्त्र दिवस मनाइएको हो ।

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी रहेका थिए । गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित सुरु भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो।

जनताको बलिदानीपूर्ण संघर्षको फलस्वरुप २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो।

You May Also Like