केही दिनभित्रै मधेश सरकार पुनः गठन हुन्छः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारकामा भएको गठबन्धनकै आधारमा केही दिनभित्रै मधेश प्रदेश सरकार पुनःगठन हुने बताउनुभएको छ ।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संघीय सरकारमा भएको गठबन्धन अनुरुप नै मधेश सरकारमा पनि गठबन्धनको सरकार कायम रहने उहाँले बताउनुभयो । मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उहाँले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पार्नुभयो ।

साथै जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको विरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने र नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको उहाँले बताउनुभयो ।

You May Also Like