मोरङको बोलेरो दुर्घटना, दुई जनाको निधन

मोरङ । लेटाङमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनकुटाको चौबीस गाउँपालिका बुध’boutबाट लेटाङ आउँदै गरेको बोलेरो पिकअप दुर्घटनामा परेको हो । सो दुर्घटनामा घाइते भएका दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा चालक पथरी शनिश्चरे २ घर भएका अन्दाजी २५ वर्षीय मनोज दियाली र गाडीका साहु ७४ वर्षीय लेटाङ ६ का जीवनकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

धनकुटाको चौबीस गाउँपालिका बुध’boutदेखि लेटाङ आउदै गरेको प्र १–०२–००१ ज ३९५३ नम्बरको बोलेरो पिकअफ अनियन्त्रित भई लेटाङ नगरपालिका वडा न ७ वारंगीमा दुर्घटना भएको थियो । धिरीङ्खा भन्ने ठाउँमा आज अपराह्न सो दुर्घटना भएको एक स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार ४ जना सवार बोलेरो सडकभन्दा करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा ४ जना परेका थिए । सो मध्ये १ गम्भीर घाईते २ जनाको उपचारका क्रममा निधन भएको हो भने १ जना सकुशल रहेको जानकारी प्राप्त भएको छ।

You May Also Like