कर्णाली र सुदूरपश्चिम वर्तमान सरकारको प्राथमिकतामा छ: उपप्रधानमन्त्री खड्का

सुर्खेत । नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम वर्तमान गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

हरेक दृष्टिकोणबाट पछि यी प्रदेशको रूपान्तरणका निमित्त आफू र प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको खड्काको भनाइ छ । शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामहरूको अनुगमन गर्ने तयारी भइरहेको बताए ।

‘चुनावको बेलामा प्रचण्ड र मैले सँगै कर्णालीका जिल्लाहरूमा चुनावी सभालाई सम्बोधन गरेका थियौँ,’ खड्काले भने,‘ अहिले त्यही अनुसार हामी कर्णालीको विकासका निमित्त हामी अग्रसर र प्रतिबद्ध छौँ ।’खड्काले अहिले अर्थतन्त्र ऋणात्मक भएका कारण सरकारसामु केही समस्या रहेको उल्लेख गरे । यद्यपि अर्थतन्त्रलाई उकास्नतर्फ सरकार अग्रसर रहेको उनको भनाइ छ ।

You May Also Like