सहायक जिल्ला वन अधिकृतविरूद्व भ्रष्टाचार मुद्दा

वीरेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार सहायक जिल्ला वन अधिकृत मिश्रविरुद्ध पदमा बहाल हुँदा गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साविकको मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतमा कार्यरत मिश्रले २०३६ फागुन १० देखि २०७० मंसिर १६ गतेसम्म १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ आर्जन गरेको र त्यसमध्ये ७२ लाख ५२ हजार ४८० रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

यस्तै मिश्रले पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

You May Also Like