अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । बर्दिया, झापा र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलीग्रामसहित प्रहरीले सोही गाउँपालिका–६ मैनापोखर बस्ने १८ वर्षीया आस्मा चौधरीलाई शनिबार दिउँसो पक्राउ गरेको छ । 

प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, झापाको कन्काई नगरपालिका–३ सुरुङ्गाबाट अवैध लागूऔषध ब्राउन सुगर ५ सय मिलिग्रामसहित प्रहरीले एक जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका–४ बस्ने ३९ वर्षीय बुधना आलम रहेका छन् । प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर भंसार ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित प्रहरीले गौरीगंगा नगरपालिका–८ बस्ने १९ वर्षीया राममाया कुस्मीलाई शनिबार साँझ पक्राउ गरेको छ ।

प्रहरीले उनलाई उक्त ब्राउन सुगरसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी, कैलालीकै टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ८० मिलिग्रामसहित प्रहरीले २ जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ मोतीपुर बस्ने २६ वर्षीय सागर घिमिरे र सोही नगरपालिका बगौरा बस्ने ३३ वर्षीय प्रेम सुनार रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्ने क्रममा सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र सुनारलाई करिब ९ सय १० मिलिग्राम गरी जम्मा ३ ग्राम ८० मिलिग्राम उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You May Also Like