आईपीएल: आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । आइतबार हुने पहिलो खेलमा गुजरात टाईटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादको सामना गर्नेछ ।

गुजरात र लखनउबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । शनिबार नै हुने राजस्थान र हैदरावादबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

शीर्ष स्थानको गुजरातले १० खेलमा १४ अंक जोडेको छ । गुजरात आठौं तथा लखनउ छैटौं जित निकाल्न चाहन्छ । यस्तै, राजस्थान छैटौं तथा हैदरावाद चौथो जितको खोजीमा हुनेछन् ।

You May Also Like