हुम्लामा अागामी निर्वाचनमा १२ सय भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने

मुगुः यही मंसीर १० गते हुन गै रहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि १२ सय ५ जना सुुरक्षाकर्मी परिचालन हुने भएका छन । यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेना परिचालन हुने भएका हुुन ।

यसमा जिल्लामा भर्ना भएका म्यादी प्रहरी ३८३ जना, २५५ जना जिल्लामा जनपद प्रहरी र जिल्ला वाहिरवाट ९२ जना, सशस्त्र प्रहरी जिल्ला वाहिरवाट १२५ जना र २५० जना न्पाली सेना परिचालन हुने जिल्ला सुुरक्षा समितिका अध्यक्ष एवं प्रमुुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद वास्तोलाले वताउनुु भयो ।

यति भए पछि निर्वाचन सम्पन्न गर्न सुुरक्षाकर्मी आवश्यक मात्रामा हुने उहाँले वताउनुु भयो । अन्यत्रवाट नेपाली सेना र सशस्त प्रहरी जिल्लामा ल्याउने संख्या वढि भए पनि हवाई यातायातको समस्याले गर्दा केही सुरक्षाकर्मी घटाइएको उहाँले बताउनुु भयो ।

You May Also Like