यस्तो छ राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ ।

चौधौँ अधिवेशनको पहिलो बैठक अपराह्न ४:०० बजे बस्ने तालिका रहेको छ । संघीय संसद्को महासचिव डा भरतराज गौतमका अनुसार भोलिको बैठकमा राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै अन्य सम्भावित दैनिक कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सभा समक्ष पेस गर्नेछन्।

त्यसैगरी अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘आ।व। २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९ कर प्रस्ताव बाहेक० सभामा छलफल गरियोस्ू भन्ने प्रस्ताव पेस गर्नेछन् ।

You May Also Like