टोपबहादुर कहाँ छन् भन्ने प्रश्नमा ओलीको जवाफ: तपाईंहरू खोज्नुस् न

काठमाडौं । एमाले अध्यक्ष केपी शर्माओलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा लामो छलफल गरे । भेटपछि ओली सञ्चारकर्मीसँग खुल्न चाहेनन् ।

सञ्चारकर्मीले प्रश्न गरे ‘अस्ति पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र रु भन्नुभएको थियो । तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो । कहाँ हुनुहुन्छ उहाँ रु ओलीले भने, ‘तपाईंहरूले खोज्नुस् न ।’

रायमाझी आफ्नो सम्पर्कमा नरहेको ओलीले बताए । रायमाझी कहिले आउनुहुन्छ भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँलाई नै सोध्नुस् न ।’

तपाईं अभियुक्तलाई जोगाउन लागिरहनुभएको हल्ला छ, के भन्नुहुन्छ भन्ने प्रश्नमा ओलीले भने, ‘तपाईंहरुलाई विश्वास लाग्यो रु ‘उनले भने, ‘केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन् । उनीहरूले हल्ला फैलाएका हुन् ।’

You May Also Like