एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने एमाले सचेतक महेश बर्तौलाले रातोपाटीलाई जानकारी दिए ।

सचेतक बर्तौलाले भने–‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमालाई ठुलो आघात पुर्याएको छ । सार्वभौम देशको प्रधानमन्त्रीको अभिव्यक्तिले हाम्रो शीर निहुर्याएको छ, आजको बैठकमा यस’boutमा छलफल गर्छौ । संसद्मा पनि हामी यो विषय उठाउँदै छौँ ।’

मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उनको सो भनाई हाल विवादमा परेको छ ।

You May Also Like