पूर्वराजा ज्ञानेन्द्रले लखनउ पुगेर भेटे यूपीका मुख्यमन्त्री योगी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लखनउ पुगेर भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । योगीले नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र फर्काउने वकालत सार्वजनिक रूपमै गर्छन् ।

उनै योगीसँग नेपालका पूर्वराजा शाहले बारम्बार भेट गर्ने गरेका छन् । यसअघि पनि नेपालगञ्ज जाँदा नै शाहले लखनऊ पुगेर योगीलाई भेटेका थिए ।

यही १६ वैशाखमा सपरिवार नेपालगञ्ज गएका शाहला २० वैशाखमा राजावादी, राप्रपा र हिन्दु राष्ट्रवादी संघसंस्थाले नेपालगञ्जमा अभिनन्दन गरेका थिए । धार्मिक तथा राजनीतिक गतिविधि बढाइरहेका शाहले भारतका हिन्दुवादी मुख्यमन्त्री योगीसँग भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

You May Also Like