शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

काठमाडौं । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्वलाई कपिलवस्तुको तिलौराकोट लगिएको छ । सिद्वार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलवस्तु लगिएको थियो ।

सोही दिनको प्रतीकका रूपमा शनिबार लुम्बिनीबाट बोधिसत्व सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरेपछि प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्वको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

You May Also Like