क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा मेस्सीद्वारा गल्ती स्विकार

काठमाडौँ । अर्जेन्टाइन स्टार फुटबलर लियोनेल मेस्सीले क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेकोमा गल्ती स्विकार गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिबनै साउदी अरब गएकोमा मेस्सीले आफ्नो गल्ती स्विकार गर्दै माफी मागेका हुन् । बिना अनुमति साउदी अरब गएकोमा क्लबले उनलाई दुई साताका लागि निलम्बनसमेत गरेको थियो ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, म त्यही पर्खिरहेको छु ।’ पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । सो सम्झौताअनुसार उनले अब तीनवटा मात्रै खेल खेल्न पाउने छन् । यससँगै उनी क्लब छाड्ने तयारीमा रहेको बताइन्छ ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन दूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाइरहेका छन् ।

You May Also Like