थप ७६ जनामा सङ्क्रमण कोरोना पुष्टि

काठमाडौँ । देशभर थप ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ तथा एन्टीजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर रहेका पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३७ पुगेको छ ।

सक्रिय सङ्क्रमितमध्ये २४ जनाको संस्थागत आइसोलेसनमा तथा १२ जनाको आईसीयूमा उपचार भइरहेको छ । नेपालमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भएको छ ।

 

You May Also Like