युएई बिरुद्ध गुल्सनको अर्धसतक

काठमाडौं । युएईविरूद्धको फाइनलमा गुल्सन झाले अर्ध सतक पुरा गरेका छन् । ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि गुल्सन झाले राम्रो प्रदर्शन गरिरहेका छन्। दुबै ओपनर आउट भइसकेको खेलमा गुल्सनले ४ छक्का र ३ चौका हानेर नेपालको रन उकासेका हुन्।

उनलाई भीम सार्कीले साथ दिइरहेका छन्। नेपालले २८.२ ओभर खेल्दा बनाएको १०१ रनमध्ये गुल्सनले ५१ रन जोडेका छन् ।

नेपालले ३ विकेट गुमाएको छ।

You May Also Like