कम रन बनिरहेको खेलमा गुल्सनको क्रिजः ४ छक्का, ३ चौका

काठमाडौं । युएईविरूद्धको फाइनलमा ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि गुल्सन झाले राम्रो प्रदर्शन गरिरहेका छन्। दुबै ओपनर आउट भइसकेको खेलमा गुल्सनले ४ छक्का र ३ चौका हानेर नेपालको रन उकासेका हुन्।

५३ बल खेलका उनले ४५ रन बनाएका छन्। उनलाई भीम सार्कीले साथ दिइरहेका छन्। नेपालले १८।१ ओभर खेल्दा बनाएको ६४ रनमध्ये गुल्सनले ४५ रन हानेका हुन्।

नेपालले ३ विकेट गुमाएको छ।

You May Also Like