कर्णाली करिडोर बन्द, ठाउँ–ठाउँमा पहिरो

काठमाडौं । लगातारको वर्षाले ठाउँ–ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको छ । तीन दिन यताको पानीले कर्णाली करिडोरको खुलालु जारकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमले रास्कोटको सान्नीघाटभन्दा दुई किलोमिटर अगाडि आएको पहिरोले पचालझरना र पलाँताको सडक अवरोध भएको बताए।

करिडोरको लालीघाट खण्ड पनि निकै जोखिम छ । सान्नीत्रिवेणी गाउँपालिकाको वडा नं १ लुसा गाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ ।

शुक्रबार पहिरो झरेका कारणले केही समय सडक अवरोध भएको थियो भने अहिले पनि उक्त क्षेत्र जोखिममा रहेको छ । फुकोट कर्णाली अर्धजलासय आयोजनाको काम भइरहेकाले स्काभेटरले सडक पञ्छाएर आउजाउ गराए पनि निरन्तर हिलो माटो बगिरहेकाले कुन बेला ठूलो पहिरो आउछ भन्न नसकिने प्रहरीको भनाइ छ ।

You May Also Like