रोल्पामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका ६ राँकको ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको जिप गंगादेव गाउँपालिका २ हेमुनखोलामा आज बेलुकी करिब ६ बजे गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय १५ वर्षका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले बताए । दुर्घटनामा अन्य ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था मध्यम रहेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डिएसपी सारुमगरले बताए । मध्य घाइते ४ जनालाई उद्धर गरि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पठाएको छ भने चालकसहित बाकी ४ जनाको नजिकैको स्वास्थ चौकीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीमा ९ जना सवार थिए । गाडी सडकबाट करिब २ सय फिट तल खसेको डिएसपी मगरले बताए। चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना’bout थप विवरण आउन बाँकी छ ।

You May Also Like