डोल्पाः इन्स्पेक्टरको कुटाइबाट हवल्दार गम्भीर

डोल्पा । डोल्पामा इन्स्पेक्टरले हवल्दारलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका हुन्।

कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका– ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले मरणासन्न हुने गरी कुटपिट गरेको आरसीले बताए।

You May Also Like